हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध ओनिरेक्स १ सय ४८ बोत्तलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१२ सोल्टी चोकबस्ने २४ को गोरे भाई भन्ने अमित लामालाई पक्राउ गरेको हो ।
लामाको घर कोठामा छापा हान्दा दानाको बोराभित्र प्लाष्टिकको झोलामा लुकाएर राखेको अवस्थामा लागुऔषध ओनिरेक्स १ सय ४८ बोत्तल फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।