प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बकैया गाउँपालिका अध्यक्ष सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो

२०८० मंसिर ८, शुक्रबार २०:५१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागनरपालिका वडा नं.६ न्युरेनीमा मोटरसाइकललाई ठक्कर दिने सवारीको पहिचान खुलेको छ । ठक्कर दिने बा २ झ ३६६३ नम्बरको गाडी बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

कान्तिलोकपथ सडकखण्डमा हेटौंडा बजारबाट चौघडातर्फ जाँदै गरेको ना ५२ प ८०१० नम्बरको मोटरसाइकललाई बिपरति दिशाबाट आउँदै गरेको बा २ झ ३६६३ नम्बरको गाडीले बिहीबार दिउँसो ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बारा कलैया उपमहानगरपालिका– २५ बस्ने ३१ बर्षीय रबि साह र पछाडि सवार २२ बर्षीय रामेश्वर गिरी घाइते थिए । प्रहरीका अनुसार घाइते साहको हातखुट्टा र अण्डकोषमा चोट लागेको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी र चालक प्रहरीको सम्पर्कमा रहेको बताईएको छ ।