मकवानपुर – विद्यालयमा रैथानेबालीको परिकार खुवाऔ, शैक्षिक सिकाईलाई प्रभावकारी बनाऔ भन्ने नारा सहित मकवानपुरगढी गाउँपालिकाले रैथानेबाली बालीको प्रवद्र्धन तथा विद्यालयको दिवा खाजालाई प्रभावकारी बनाउँदै आईरहेको छ ।
सोही कार्यक्रम अन्तर्गत बिहिबार मकवानपुरगढी गाउँपालपका वडा न.८ बुढीचौरस्थित रुपनारायण माध्यामिक विद्यालका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्षीहरुलाई रैथानेबालीको परिचय, महत्व, उपभोग र विविध पक्षवारे अभिमुखीकरण गरिनुको साथै विद्यालय अनुगमन गरिएको छ।

विद्यालयहरुमा हरेक विहिबार रैथाने खाजालाई निरन्तरता दिन गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले विद्यालयका सहायक प्र.अ.अजय योञ्जनलाई कोदोको पिठो ४० किलो र फापरको पिठो ४० केजी हस्तान्तरण गरे ।
अनुगमन कार्यक्रममा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, ८ न. का वडाध्यक्ष कुमार सिं घिसिङ, श्रोत शिक्षक दशरथी उपाध्याय लगायतका सहभागीता रहेको थियो ।