हेटौंडा – पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले हेटौंडामा प्रदर्शन गरेका छन्। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले हेटौंडाको बुद्धचोकमा विरोध प्रर्दशन गरेका हुन् ।
उनिहरुले मुल्यवृद्धि फिर्ता गर, सडक हामी तताउंछौ मुल्य वृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, नालायक सरकार होसियार लगायत नारा समेत लगाएका थिए । उनिहरुले विरोध प्रर्दशनको क्रममा प्रधानमन्त्री शेर बहादुर देउवाको तस्बिर समेत जलाएका थिए ।सरकारले मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।
नेपाल आयल निगमले गएरातिबाट लागुहुने गरी पेट्रोल एक लिटरमा २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको थियो । यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ।