प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा ट्रकको ठक्करबाट घिसिङको मृत्यु

२०८० श्रावण १, सोमबार १७:०१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० मा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षिय लाल बहादुर घिसिङ् रहेका छन् ।

शिवम सिमेन्ट उद्योगबाट आएको ना.६ख ८८९० नम्बरको ट्रकले सोमबार साझ ८ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोडनजिक बाटो काट्दै गरेका पैदलयात्री घिसिङ्लाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए ।

दुबै खुट्टा र टाउकोमा चोट लागेको उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।