मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध वनरेक्स लेखिएको एक सय मिलिलिटरको १५ बोतल सहित एक जना पक्राउ परेका छन् ।
राक्सिराङ गाउँपालिका–८ राक्सिराङ बस्ने २४ वर्षीय शंकर तितुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको ना।५ ख ८१८१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उनीमाथि जिल्ला अदालत मकवानपुरबाट लागूऔषध कसुर मुद्धामा दिन १५ को म्याद थप अनुमती लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।