प्रहर खबर
 २०७९ भाद्र ३, शुक्रबार    

दुर्घटना परी प्रहरी नायव निरिक्षकको मृत्यु

२०७९ जेठ २८, शनिबार १४:१४ बजे

हेटौंडा – गएराती ट्रकमा मोटरसाइकल ठोक्किँएर दुर्घटना हुँदा प्रहरी नायव निरिक्षक कृष्ण प्रसाद गुप्ताको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका ५ औरही पुलमा गएराती मोटरसाइकल चालक रौतहट घर भएका शसष्त्र प्रहरी गुल्म जनकपुर दरबन्दी भई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी नायव निरिक्षक गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । हेटौडाबाट मिर्चैयातर्फ जाँदै गरेको ना ७ ख ९०३१ नम्बरको ट्रकमा गएराती १२ बजे सोही दिशातर्फ जाँदै गरेको ना ५९ प ७४ ६३ नम्बरको मोटरसाइकल ठोक्किँएको हो । ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले नियन्त्रणमा लिएको छ ।