हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.१ खोप्लाङमा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएको छ । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१ लालझाडी निवासी १८ बर्षीय राजीव रुम्बा रहेका छन् ।
घाइते रुम्बाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार नभएपछि थप उपचारको लागि काठमाडौंस्थित टमा सेन्टरमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार दिउँसो हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको ना २ त ७५५८ नम्बरको खाली ट्याक्टर दुर्घटना भएको थियो ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्बिर