हेटौंडा – हेटौंडामा हर्षोल्लासका साथ मनाइने छठपर्वको भव्य तयारी भएको छ । हेटौंडा उपमहानगरपालिका–१ राप्तीपुलको माथिल्लो स्थानमा छठपर्व भव्य तयारी गरिएको हो ।
राप्तीखोलाको खुल्ला बगरमा अहिले निकै झकिझकाउ बनाइएको छ । राप्तीरोडको बुद्धचोकदेखि राप्तीपुल नजिक मुल गेटसम्म झिलिमिली बत्ति राखिएको छ । राप्ती खोलालाई सिंगारेर छठ पूजाको तयारी पुरा गरिएको छ ।तस्वीरः प्रहर खबर






