प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा आइडलमा भोटिङ राउण्ड सरु

२०७९ माघ १८, बुधबार ११:३२ बजे

हेटौंडा – हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा भोटिङ राउण्ड सुरु भएको छ ।

टप टेनमा पर्ने प्रतिस्पर्धीहरुलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताए ।

टपटेनमा अनिता मोक्तान, प्रेमलाल बैठा, आवाज सुनार, सुस्मिता श्रेष्ठ, दीपेश श्रेष्ठ, राजेन्द्र सापकोटा, राजेश दर्नाल, सुसन शाही ठकुरी, विजय लामा, दिपा स्याङ्तान परेका छन् । आज यी प्रतिस्पर्धी मध्ये एक जना आउट हुने मुख्य निर्णायक विजय कार्कीले बताए ।
हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने कार्कीले बताए ।