हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका७ घमनटोलको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।शनिबार राति स्थानीय ६२ वर्षीय बलबहादुर राईको कच्ची घरमा टुकी बत्तिबाट आगलागी हुँदा घर जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको तर घरमा भएको नगद, अन्नपात, लत्ताकपडा र एकवटा बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।