काठमाडौं – ललितपुरको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका छन् ।
महर्जनले १५ हजार ०२५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २६४ मत पाएका छन् ।