हेटौंडा – हेटौंडा–काठमाडौं छोटो दूरीको मार्ग अन्तर्गत कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक निर्माणको काम स्थगित भएपछि सडक सञ्चालनमा आउने भएको छ । यसअघि दक्षिणकाली नगरपालिका सो सडक खण्डमा सडक कालोपत्र गर्नका लागि असोज ८ गतेदेखि १९ गतेसम्म १२ दिन सवारीसाधन आवतजावतमा रोक लगाउने सुचना जारी गरेको थियो ।
दसैंको पूर्वसन्ध्यामा सवारीसाधनमा सञ्चालनमा रोक लगाउँदा विभिन्न किसिमको समस्या हुने भएकाले सडक कालोपत्रको काम स्थगित गरेर सवारीसाधनको आउजाउ खुला गरिएको बताइएको छ । नगरपालिकाले सडक कालोपत्र गर्ने कार्य अहिलेलाई स्थगित गरेर सवारीसाधनमा सञ्चालनमा रोक नलगाइएको जनाएको छ । उक्त सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ ।