प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ओखलढुंगे भिरबाट लडेर एक जनाको मृत्यु

२०७९ माघ २७, शुक्रबार १५:०२ बजे

हेटौंडा – दोलखाको कालिन्चोक गाउँपालिका–६ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ५१ वर्षीय लिला बहादुर सुनुवार रहेका छन् ।

प्रहरीका अनुसार बिहिबार सुनुवार स्थानीय रंगध्वज अधिकारीको घरमा पुजामा गएका थिए । बेलुकी अबेरसम्म घर फर्किएपछि आफन्तहरुले खोजतलास गर्ने क्रममा घरदेखी करिब ३०० मिटर पश्चिमतर्फ ठुलोखोला ओखलढुंगे भिरबाट लडेर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

यस घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।