हेटौंडा – मकवापुर क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्यमा गठबनधनसंग नेकपा एमाले र राप्रपाका उम्मेदवारले मतान्तर घटाउँदै गएका छन् ।
हाल हेटौंडा उपमहानगरपालिका क्षेत्रको मतगणना जारी छ । जसमा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासंग राप्रपाका दिपक बहादुर सिंह र एमालेका कमल थापाले मतान्तर घटाउँदै गएका छन् ।
निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार डिनासंग थापाको १ हजार १११ र सिंहको १ हजार ४२४ मतको अन्तर रहेको छ ।
७४ हजार ७९२ मत गणना हुँदा डिनाले २२ हजार ५८३, थापाले २१ हजार ४७२ र सिंहले २१ हजार १५९ प्राप्त गरेका छन् । अब वडा नं.५,९,१० र१० को करिब १५ हजार मत गणना हुन बाँकी छ ।
