हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको मनहरी गाउँपालिकामा कार दुर्घटना भएको छ । चितवततर्फबाट हेटौंडा तर्फ आउँदै गरेको ०३–०१ ०२४ च २९३१ नम्बरको कार रोकिराखेको ट्याङ्करसंग ठोकिँएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी हेटौंडा उपमहानगरपालिका वडा नंं.९ का योग्यराज सापकोटा, उनकी श्रीमती, दुईजना सन्तान घाईते भएका छन् । उनिहरुको उद्धार गरी उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सापकोटा र उनकी श्रीमतीको अवस्था चिन्ताजनक रहेको छ । ट्याङ्कर तथा चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाइएको छ।