हेटौंडा – लागुऔषध कारोबार गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–६ सितलहाईटबाट दुई जना महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर फापरबारी घर भएकी ३५ वर्षीया बिमला थापा क्षेत्री र दोलखा बिगु ७ घर भएकी ४५ वषीए पेम्बा शेर्पा रहेका छन् ।
महालक्ष्मी नगरपालिका–६ सितलहाईटस्थितमा रहेको पेम्बा शेर्पाले संचालन गरेको शेर्पा कटेज एण्ड रेस्टुरेन्टमा लागुऔषधको कारोबार हुँदै आएको भन्ने बिशेष सुचनाको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
उनीहरुको कोठा चेकजाँच गर्दा लुकाई छुपाई राखेको अवस्थामा ६ किलो ६०० ग्राम(१ सय ३० पोका) लागुऔषध गाँजा र १ लाख १४ हजार २३० रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनिलाई पक्राउ गरी लागुऔषध सम्बन्धी कसुर मुद्धा शिर्षकमा जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप भएर अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।