प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालमा बनेका सवारीसाधन बागमती प्रदेशका चार स्थानमा दर्ता गर्न सकिने

२०८० बैशाख १६, शनिबार ०२:५० बजे

हेटौंडा – आवश्यक कानुनको अभावमा नेपालमा उत्पादन भएर पनि दर्ता नगरिएका विद्युतीय मोटरसाइकल अब बागमती प्रदेशका चार स्थानमा दर्ता गर्न सकिने भएको छ । नेपालमा उत्पादन भएका वा जडान भएका सवारीसाधन आयात प्रज्ञापनपत्रबिना नै दर्ता गर्ने गरी सङ्घीय सरकारले कानुनी व्यवस्था गरेसँगै विद्युतीय मोटरसाइकल दर्ता गर्न सकिने गरी बाटो खुलेको हो ।

यसअघि सवारी दर्ताका लागि भन्सार प्रज्ञापनपत्र अनिवार्य रहेकाले नेपालमा उत्पादन भएका वा जडान भएका सवारीसाधन दर्ता हुन सकेको थिएन । साथै सघ र प्रदेशको कार्यविधिमा नेपालमा उत्पादन भएका वा जडान भएका सवारीसाधन दर्ता गर्नेसम्बन्धी व्यवस्था नभएका कारण नेपालमा उत्पादन भएको विद्युतीय मोटरसाइकल दर्ता भएका थिएनन् ।

यातायात मन्त्रालयका सचिव अस्मान तामाशले सवारीसाधन दर्तासम्बन्धी विगतको व्यवस्था संशोधन भएर आएकाले अब मन्त्रालय मातहतका यातायात व्यवस्था कार्यालयमा नेपालमा उत्पादन भएका वा जडान भएका सवारीसाधन आयात प्रज्ञापनपत्रबिना नै दर्ता गर्न सकिने जानकारी दिए ।

मन्त्रालय मातहतका ११ यातायात कार्यालयमध्ये चारवटा यातायात कार्यालयमा दुईपा अर्थात् मोटरसाइकलको र एउटा कार्यालयमा चारपाङ्ग्रे सवारीसाधनको दर्ता. नवीकरण, नामसारीलगायतका काम गर्न पाउने गरी व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था कार्यालय हेटौंडा, भरतपुर र खुर्कोटना नोटरसाइकल र चारपाश्ग्रे सवारीसाधन दर्ता गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ। यस्तै यातायात व्यवस्था कार्यालयले साना ठूला सवारी एकान्तकुना ललितपुरमा र यातायात व्यवस्था कार्यालय गुर्जुधाराले मोटरसाइकलको मात्र दर्ता गर्ने व्यवस्था बागमती प्रदेशको श्रम, रोजगार रहेको छ । गोरखापत्र दैनिकबाट