प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नयाँ अवसर र सम्भावना खोजी गर्न हामीलाई सफलता मिलोस् : प्रमुख शर्मा

२०८० पौष १६, सोमबार ०८:५९ बजे

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सन् २०२४ का अवसरमा शुभकामना दिएका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई–दिदिबहिनी एवम् समस्त नेपालीहरुमा सुख, शान्ति, सुवास्थ्य, दिघार्यू, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रमुख शर्माले देशलाई सर्वोपरी राखी संसारभरमा हामी र हाम्रो भन्ने साझा भावनाको विकास गर्न मन, वचन र कर्मले दत्तचित्त भई लागिपर्न यस्ता विशेष पर्वले सबैलाई उत्प्रेरित गराइ राखोस् भनेका छन् ।

‘विश्वभरका मानवहरुका लागि आजैबाट नयाँ अवसर र सम्भावना खोजी गर्न हामीलाई सफलता मिलोस् । हाम्रा बीचमा आपसी सद्भाव, सहअस्तित्व, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बनोस् ।’ शुभकामना सन्देशमा प्रमुख शर्माले भन्नुभएको छ ।

प्रमुख शर्माले नयाँ वर्षलाई केवल उत्सव, रमझम र भित्तेपात्रो फेर्ने दिनका रुपमा मात्र नभएर देश निर्माणको खाका कोर्न प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनसकौं भन्ने कामना गरेका छन्।