प्रहर खबर
 २०८३ कार्तिक २, आइतवार    

मनोयन दर्ता अपडेटः मकवानपुरमा हालसम्म ३ सय १८ जनाको उम्मेदवारी दर्ता

२०७९ बैशाख १२, सोमबार ०९:३२ बजे

हेटौंडा – स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता अन्तिम दिन आज । मकवानपुर जिल्लाको १० वटा स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।

मनोनयनको दोस्रो दिन मकवानपुरमा सोमबार दिउँसो २ बजेसम्म ३ सय १८ जनाको मनोनयन दर्ता भएको छ । आइतबार र सोमबार दिउँसो २ बजेसम्म जिल्लाका १० वटा स्थानीय तहमा गरी ३ सय १८ जनाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालय जनाएको छ ।


कार्यालयका अनुसार नगर प्रमुखमा १० जना, गाउँपालिका अध्यक्षमा १८ जना, नगर उपप्रमुखमा ४ र उपाध्यक्षमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडाध्यक्षमा ८२ जना, महिला सदस्यमा ५१, दलित महिला वडा सदस्यमा ४४ जना र वडा सदस्यमा १ सय २ जनाले उम्मेदवारी दर्ता गराएका आयोगले एक सूचना मार्फत जानकारी दिएको छ ।

उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ ।