हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा ११ स्थित राप्ती खोलामा एक पुरुषको शव फेला परेको छ । पहिचान नखुलेको अन्दाजी ४५/५० वर्षको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार दिउँसो हेटौंडा–११ नवलपुरको नयाँ राप्ती पुल मुनि खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार शव केही भाग पानीमा डुबेको र केही भाग जमिनमा रहेको अवस्थामा फेला परेको थियो ।
शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।