हेटौंडा – स्थानीय तह निर्वाचन आउँन ६ दिन बाँकी छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसार र भोट माग्न ब्यक्त छन् । उनिहरुले प्रयोग गरेको चुनावी प्रचारप्रसार तथा भोट माग्न प्रयोग गरिएको माइकिङ तथा सार्बजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको छ ।
मकवानपुरमा चुनावी प्रचारप्रसार धेरै सङ्ख्यामा सवारीसाधनमा माइकिङ प्रयोग भएपछि ध्वनी प्रदुषण भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले माइकिङ तथा सार्बजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने निर्णय गरेको हो ।
चुनावी नारा र गीतसहित गाडि प्रयोगले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै शनिवारदेखि यसलाई बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले सर्वदलीय बैठकमा सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय गरेको छ । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे छलफल गरिएको बताइएको छ ।