प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लागुऔषध सहित हेटौंडाका एक युवक पक्राउ

२०८० फाल्गुन २, बुधबार १८:३९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १० बस्ने १९ बर्षीय असलम मिंया रहेका छन् ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट हेटौंडातर्फ आउदै गरेको बा.प्र.०३–००१ ज ०३३३ नम्बर ईलेक्ट्रिक गाडीमा सवार मिंयालाई लागूऔषध डाईजेपाम (१२ एम्पुल, फेनारगन–१२ एम्पुल, नुफिन–१२ एम्पुल सहित पक्राउ गरेको हो ।

उक्त लागूऔषध सहित मिंयालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।