हेटौंडा – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाएका छन् ।
सोमबार स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै थापाले कम्युनिस्टले जसरी काँग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् ।
उनले घोषणापत्रलाई संकल्पपत्र मानेर अघि बढ्न सुझाब दिए । अहिले चुनिएका जनप्रतिनिधिहरूले जनताको सहज सेवालाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले जनताको विश्वास र भरोसा नतोड्न आग्रह गरे । जनतालाई परिवर्तनको महसुस गराउन सकिएन भने राजनीतिक दलहरु समस्यामा पर्ने उनको भनाई छ ।