काठमाडौं – सभामुख देवराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् । प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि घिमिरेले विज्ञप्ति जारी गर्दै आफै एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् ।
सभामुख घिमिरेले शपथ पनि लिएका छन् । शुक्रबार राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उनलाई शपथ गराएकी हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो । घिमिरे नेकपा एमालेकातर्फबाट झापा–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।