प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा उपमहानगरविरुद्ध ब्यवसायी सडकमा उत्रिने, व्यवसाय चलाउन मेयरलाई चाबी बुझाउँने

२०८१ श्रावण २८, सोमबार १९:४४ बजे

हेटौंडा – मकवानपुर उद्योग बाणिज्य संघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय खस्किदै गएको अवस्थामा हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा अस्वाभाविक रुपमा कर बृद्धी गरेको विरोधमा संघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै संघले सोमबार श्रावण २८ गतेदेखि श्रावण ३२ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले उपमहानगरपालिकाले अस्वभाविक रुपमा कर बृद्धी गरेपछी बाध्य भएर आन्दोलनका कार्यक्रम गर्नु परेको बताए । 

चरणवद्ध आन्दोलन कार्यक्रमहरु अन्तर्गत आज विहान बस्तुगत संघका अध्यक्षहरु तथा बिभिन्न राजनैतिक दल निकटका व्यापार व्यवसाय संग सम्वन्धीत भातृसंगठन तथा सहकारी संघ संस्थाका प्रतिनिधिहरुसंग आन्दोलनको विषयमा छलफल गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए ।

दोश्रो दिनको कार्यक्रम श्रावण २९ गते कर अवज्ञाको विषयमा आम सर्वसाधारणलाइ कर नतिर्नको आव्हान गर्दे माइकिंग गर्ने तथा प्रचार प्रशार गर्ने गराउने विभिन्न संघ संस्था, प्रदेश सरकार, राजनैतिक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारमा ज्ञापन पत्र बुझाउने तथा विभिन्न क्षेत्र संग अन्तकृया गरिने मकवानपुर उद्योग बाणिज्यसंघका उपाध्यक्ष उज्वल चौलागाईंले वताए ।

तेश्रो दिन श्रावण ३० गते संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालको नेतृत्वमा वुद्धचौक, मउवा संघ चौक लगायतका स्थानमा हस्ताक्षर संकलन, १ घन्टा हेटौडा उपमहानगरमा शान्तिपूर्ण धर्ना, विरोध स्वरुप विभिन्न स्थानमा कालो व्यानर राखी नगरले गरेको कर वृद्धिको विरोध गरिने बताईएको छ ।

त्यस्तै चौथो दिन श्रावण ३१ गते संघका अर्का उपाध्यक्ष प्रमोद सिह रानाभाटको नेतृत्वमा हेटौडा उपमहानगरमा २ घन्टा शान्तिपूर्ण धर्ना, व्यापार व्यवसायी विरोधी हेटौडा नगर सरकार खोज्दै मैनवत्ती जुलुस गर्ने आन्दोलनको घोषणा पत्रमा उल्लेख छ ।

पाचौ दिन श्रावण ३२ गते हेटौडा नगरमा विरोध याली सहित आ–आफ्नो व्यापार व्यवसाय स्व स्फुर्त वन्द गरि हेटौडा उपमहानगरमा चावी वुझाउदै नगरपालिका परिषरमा कोण सभा गरि पहिलो चरणका कार्यक्रम समापन गरिने अध्यक्ष गुप्ताले बताए ।