प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर दुईजना घाइते

२०८२ जेठ ३२, शनिबार ०८:४५ बजे

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर २ जना घाइते भएका छन् । शुक्रबार दिउँसो पानीसंगै परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिकामा २ जना व्यक्ति घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो राक्सिराङ ०१ रामचे मा स्थानीय ३०/३५ वर्षीय मिथुन मोक्तान र सोही स्थान बस्ने अन्दाजी २२ वर्षीया सुर्जामाँया स्यान्तान चट्याङ लागेर घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

चट्याङ लागेर घाइते दुवैको हेटौंडा अस्पतालमा उपचार भइरहेको, घाईते मिथुन मोक्तानको घाँटी, नाकमा चोट अबस्था मध्यम रहेको र सुर्जामाँयाको बाहिर चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो ।