हेटौंडा – स्थानीय तहको चुनावको मिति नजिकिदै गर्दा बागमती प्रदेशको राजधानी हेटौंडामा चुनावी सरगर्मी समेत बढ्दै गएको छ । मौसम भने बेला बेलामा पानी परेर चिसो हुने गरेको भएपनि राजनीतिक सरगर्मीले भने माहौल ह्वात्तै बढाएो छ । २०७४ सालमा भएको चुनाव र यही बैशाख ३० गते हुने चुनावका सवालमा हेटौंडा उपमहानगरपालिकाको सवालमा केही समानता छ भने केही फरक छ ।
समानता भनेको चैं त्यत्तिबेला पनि कम्तीमा दुई दल काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएर नै चुनाव लडेका थिए तर त्यत्तिबेला उनीहरु पराजित भए । एक्लै लडेको एमाले बिजयी भयो र पाँच बर्ष शासन गर्न सफल भयो तर फरक कुरा के छ भने हिजो संगै एउटै मोर्चामा रहेका एमालेका उम्मेदवार अब फरक चुनाव चिन्हमा फरक पार्टीबाट गठबन्धनका तर्फबाट उम्मेदवार बन्दैछन् । यसलाई हेटौंडा बजारमा राजनीतिक रुपमा एकाघरका उम्मेदवार भनेर टिप्पणी गरिएको छ । हेटौंडाको मेयरमा एमालेबाट बर्तमान मेयर हरिबहादुर महत सहित जो उठेपनि उनीहरु एमाले नै भए र गठबन्धनका तर्फबाट बर्तमान उपमेयर मीनाकुमारी लामा सहित जो उठेपनि उनीहरु पूर्व एमाले नै हुने भए ।
अब ०७४ को मतको हिसाव गरौं
२०७४ सालको चुनावमा एमालेका उम्मेदवार महतले २३ हजार १२४ मत ल्याएर बिजयी भएका थिए भने माओवादीको समर्थनमा मेयरमा लडेका काँग्रेसका उम्मेदवार आनन्दराम पराजुलीलेले २२ हजार ५ सय ९ मत ल्याएका थिए । अब यही मतमा नेकपा एस र जसपाको जोड्दा कति होला त्यत्ति नै गठबन्धनका उम्मेदवारले पाउने मत हो । अब एमालेको कुरा गरौं,एमालेले गएको चुनावमा २३ हजार,१२४ ल्यायो अब हेटौैंडामा राप्रपा नेपालसंग चुनावी तालमेल गर्ने निर्णय गरेको कुरा उसलाई कम्तीमा कमल थापाको पार्टीको गएको चुनावको ६ हजार,८ सय ५७ म ल्याएकोमा यस टक आधा नै आएपछि एमालेको मत २६ हजार मत एमालेको उम्मेदवारलाई पर्ने देखिन्छ ।
गठबन्धनको मत के होला ?
हेटौंडा भर्खरकै खुलेको पार्टी नेकपा एसको भागमा परेपछि नेपाली काँग्रेस हेटौंडामा असंतुष्टी छ । उनीहरुले आफूहरु एक्लै उठेपनि चुनाव जित्ने दाबी गरिरहेका छन् तर अब यो हिसवले हेटौंडाको मेयरमा काँग्रेसले भनेको जसरी एक्लै जित्ने अवस्था पनि छैन । माओवादी र काँग्रेस मिलेर गएको चुनावमा उठ्दा पनि एमालेको उम्मेदवारबाट कम आएपछि काँग्रेसले एक्लै जित्ने अवस्था स्वत ः रहेन । एमाले बलियो उसै छ त्यसमाथि कमल थापाको पार्टीको पनि भोट पर्नेछ । पार्टीभित्रको अन्तर कलहा कारण पनि नेपाली काँग्रेसले गठबन्धनका उम्मेदवारलाई मत खन्काउने संभावना कम छ । केही प्रतिशत मत तलमाथि काँग्रेसको हुने यसपनि अनुमान गर्न सकिन्छ भने माओवादी केन्द्रले मेयर र उपमेयर दुबै नपाएको अवस्थामा उसले कत्तिको इमानदारिता देखाउछ भोटका दिनमा भन्ने कुरा पनि महत्वपूर्ण छ । यो हिसावले जत्ति एमालेका उम्मेदवारले मेहनेत गर्नुपर्छ चुनाव जित्नका लागि गठबन्धनका उम्मेदवारले त्यो भन्दा बढी मेहनेत गर्नुपर्ने देखिन्छ ।
मतदाता कति थपिए?
हेटौंडामा यो पाँच बर्षमा २० हजार, ८ सय ७६ मतदाता नयाँ थएिएका छन् । चुनाव जित्नका लागि यो मत निर्णायक छ । यी नयाँ मतादाता कसको पक्षमा बढी छन् र यिनीहरुलाई कसले रिझाउन सक्छन् भन्नेमा पनि भर पर्नेछ यद्यपी यी सबै गठबन्धन र एमाले भित्र कै रहने हुनाले यो मत पनि बाँडिने अनुमन गर्न सकिन्छ ।
जोगिएला बदर मत ?
गएको चुनावमा करिब ७ हजार मत हेटौंडाको मेयर पदमा बदर भएको तथ्य छ । थोरै एमालेका उम्मेदवारकोमा र धेरै कँग्रेसकोमा बदर भएको छ । मत बदर हुदा यसले ठूलो क्षति उम्मेदवारलाई गर्नेछ । मत दुई प्रकारले बदर हुने गर्दछ । एक जानीजानी अर्को अंज्ञान । अंज्ञानमा हुने बदरलाई जोगाउन दलहरुले पनि निर्वाचन प्रशिक्षण चलाउन आवश्यक छ भने जानीजानी हुने मत बदरका लागि भने छुट्नै रणनीति बनाउन आवश्यक छ यो मत नै निर्णयक मत हुनेछ ।