प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको बकैंयामा एक घरमा आगलागी हुँदा साँढे पाँच लाखको धनमाल जलेर नष्ट

२०७९ पौष २३, शनिबार १५:१६ बजे

हेटौंडा – मकवानपुरको बकैंया गाउँपालिका वडा नं.४ सानोथलीमा एक घरमा आगलागी हुँदा साँढे पाँच लाखको धनमाल जलेर नष्ट भएको छ । शनिबार बिहान स्थानीय बिर बहादुर थिङको घर एक तले कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेक बहादुर कार्कीले बताए ।

कार्कीका अनुसार थिङको घर नजिकै टासिएको खरले छाएको ट्वाईलेटको छानोमा उनकै ६ बर्षीय छोरा–छोरीले लाईटर बालेर खेल्ने क्रममा छानोमा आगो लगाउँदा ट्वाईलेटसगै टासिएको खरको छानो भएको घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट घरभित्र रहेको अन्नपात, भाडाबर्तन, लत्ताकपडा र घरमा बाधेको चौपया बाख्रा १ वटा र कुखुरा १० वटा जलेर मरेको कार्कीले बताए । त्यस्तै लोमन्टी आवस निर्माण सस्थाले गरिब बिपन्न बर्गहरुलाई सहुलियतमा घर निर्माण गर्नको लागि सोही घरभित्र राखेको बिभिन्न घर निर्माणका सामग्रीहरु समेत जलेर पुर्ण रपमा क्षति भएको उनले बताए ।

आगोलागीबाट ५ लाख ५१ हजार ६६० बराबरको धनमालमा क्षति भएको प्रवक्ता कार्कीले बताए ।