प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ मंसिर २२, बिहीबार १०:२५ बजे

हेटौंडा – मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाँउमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानिय ६५ वर्षीय बल बहादुर कार्कीको मृत्यु भएको हो ।

गम्भिर घाइते भएका उनको उपचारका क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले आज बिहान साढे ६ बजे बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको हो ।

घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका ११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ ।