प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर २ को (क) मा पनि एमालेकै अग्रता

२०७९ मंसिर ५, सोमबार १२:१८ बजे

हेटौंडा – मकवानपुर प्रदेश सभा क्षेत्र २ (क) मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

प्रदेशसभाका एमालेका उम्मेदवार विष्णु ढकालले १३ सय मत गणना हुँदा ८ सय ३१ पाए भने गठबन्धनकाका नेकपा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तानले ३ सय ६१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राप्रपाका उम्मेदवार रामबहादुर घलेले १ सय मत प्राप्त गरेका छन् ।

उता मकवानपुर–१ को (क) पनि नेकपा एमालेका उम्मेदवार ७७४ मतसहित सुरुवाती अग्रता बनाएका छन् । उनका पछिपछि गठबन्धनका माओवादी केन्द्रकै प्रेम बहादुर पुलामी(छिन्तु) छन् । उनले ७५२ मत प्राप्त गरेका छन ।