हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.७ डाँडावासमा दुई मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको छ ।
डाँडावासस्थित भित्रि सडकखण्डमा बिहिबार साँझ ७ बजे बा.प्र.०२–०३९ प १११६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०२–०३० प ८७०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी १११६ नम्बरको मोटरसाइकल चालक १५ बर्षीय अन्जल तामाङ घाइते भएका छन् । उनको उपचारको लागि पालुङ प्राथमिक स्वास्थ् केन्द्र पठाईएको छ भने घाईतेको दाहिने खुट्टाको तिघ्राको हड्डि भाच्चिँएको प्रहरीले जनाएको छ ।
दुई मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने ८७०४ नम्बरको मोटरसाइकल चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।