प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

साझा संकलप गरेर विकास गरौँः प्रमुख सचेतक बर्तौला

२०८१ जेठ २४, बिहीबार १७:४७ बजे


हेटौँडा – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बतौलाले विकास निर्माणका बिषयमा साझा संकलप गरेर अगाडि बढ्नुपर्ने बताए । जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले साझ योजना बनाएर अगाडि बढे जिल्लाको विकास गर्न सकिने बताएका हुन् ।

प्रसङ्ग जोड्दै उनले मकवानपुरको भिमफेदी सुरूङ मार्ग निमार्णको नाममा पूर्वाधार कम्पनीले जनताको पैसा लिएर फरार भएको स्मरण गराउदै भिमफेदी कुलेखानी सुरूङ मार्ग निमार्णका लागि जिल्लाका सबै एक भए मात्रै संभव हुने बताए । उनले मकवानपुरको उत्तरी क्षेत्र दामन, पालुङ, चित्लाङमा पर्यटन प्रवर्द्धन गर्न पर्यटनको केन्द्र बनाउनुपर्ने बताउनुभयो ।उहाँले पर्यटनको विकास गर्नसके रोजगारी सिर्जना हुने विश्वास गरे।

हेटौंडामा बन्द रहेको रोपवेको सदुपयोग गर्नपर्नेमा जोड दिदै साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने बताए ।उनले मनहरी)थाहा जोड्ने रूपचन्द्र बिष्ट राजमार्ग बनाउन सबैको साझा धारणा आवश्यक रहेको बताउनुभयो ।
हेटौंडा औद्योगिक नगरी भएपनि एकपछि अर्को उघोगधन्दा बन्द भएकोमा चिन्ता व्यक्त गर्दै हेटौंडा औद्योगिक क्षेत्रमा पहुँचवालाले जग्गा कब्जा गरेर उद्योग नचलाएको बताए ।
उनले विकास निर्माणको क्षेत्रमा सबै दल र स्थानीय तहले साझा योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गरे ।
हेटौंडाको सडक विस्तारको बिषयमा बोल्दै प्रदेशको राजधानी फराकिलो हुनुपर्ने बताउदै बाटो फराकिलो गर्दा कसैलाई पनि आकाशमुनीको वास बनाउन नहुने स्पष्ट पारे।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले राजस्व बृद्वि गर्न र प्राकृतिक स्रोतहरूको सही सदुपयोग गर्नुपर्ने बताए। उनले जिल्लाको विकास, अवस्था, समस्या र उपलब्धिका बिषयमा छलफल हुनुपर्ने बताए ।

हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले स्थानीय तहलाई बलियो बनाउदै लानुपर्ने बताउदै संघ, प्रदेशको कानुन स्पष्ट नहुदा समस्या आएको बताइन्। उनले नदीजन्य बस्तुको उत्खनन गरेर राजस्व संकलनमा कानुनी अप्ठ्यारो भएको गुनासो गरिन् । प्राकृतिक स्रोत साधन स्थानीय तहले उपयोग गर्न नपाउदा राजस्व गुमेको उनको भनाइ छ । उनले हेटौंडामा २५ मिटर सडक बिस्तारको बिषयपनि अन्यौलमा रहेकाले सरोकारवाला निकायलाई गम्भिर हुन आग्रह गरिन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले प्राकृतिक स्रोतको अधिक दोहन भएकोमा चिन्ता व्यक्त गरे । भावि पुस्ताका लागि पनि सोचेर प्राकृतिक बस्तुको संरक्षण गर्नुपर्नेमा जोडदिदै अधिक प्राकृति दोहनले बाढी, पहिरो निम्त्याएकाले त्यसतर्फ सबै सजक रहनुपर्नेमा जोडदिए । उनले मनसुनजन्य विपद् आउदै गरेकाले जोखिम न्युनीकरणाका लागि स्थानीय तहलाई आग्रह गरे ।

प्रदेश कोष तथा नियन्त्रण कार्यालयका हरि प्रसाद उपाध्यायले जिल्लामा ६ अर्व २५ करोड कुल निकास गरेको बताए । चालू खर्च तर्फ ३ अर्व ३७ करोड र पुजिगत २ अर्व ८८ करोड खर्च भएको जानकारी दिए ।

कार्यक्रममा जिल्लागत प्रगति विवरण पेश गरिएको थियो । उप प्रमुख सानुकाजी लुइँटेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम जिल्ला समन्वय अधिकारी सुर्य प्रसाद चापागाईंले संचालन गरेका थिए ।