प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरका स्याङतान प्रहरीको फन्दामा

२०७९ चैत्र १७, शुक्रबार ०२:४३ बजे

हेटौंडा – मकवानपुर मनहरी गाउँपालिका–१३, ठाडो टोलबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय अन्दाजी २१ वर्षीय बिनोद स्याङतान रहेका छन् ।

आफ्नै घरमा लागुऔषध राखेको बिशेष सूचनाको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीको टोलीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

खानतलासी गर्दा उनको घरबाट लागुऔषध नाईट्राभेट ३१ पिस ट्याब्लेट, ट्रामाडोल ९० पिस ट्याब्लेट, डाईजोपाम १ ऐम्पुल फेला परेकोले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनलाई लागुऔषध सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।