प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पालुङ क्याम्पसद्वारा थाहा नगरका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा बधाई

२०७९ जेठ ११, बुधबार ०५:३९ बजे

हेटौंडा – पालुङ्ग बहुमुखी क्याम्पसको बिकासका लागि प्रदेश र संघिय सरकारलले प्राथामिकता दिनुपर्ने थाहा नगरपालिकाका नवनिर्वाचित मेयर बिष्णु बहादुर बिष्ट (आदर्श)ले बताएका छन्।

क्याम्पसले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधि स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख विष्टले क्याम्पसको मुल समस्यानै आर्थिक भएकोले स्थानीय सरकारबाट प्रयास हुँदाहँुदै पनि प्रदेश र संघियबाट प्रष्टरुपमा सम्बोधन नभएकोले क्याम्पस आर्थिक रुपमा सबल हुन नसकेको बताए ।

संख्यात्मक र गुणात्मक रुपमा जनशक्ति उत्पादन गर्न चुनौती रहेकोले क्याम्पसको बिकासमा सबै सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । क्याम्पसका संचालक समितिको अध्यक्ष समेत रहेका विष्टले नगरप्रमुखको हैसियतमा पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

त्यस्तै उपप्रमुख भरत गोपालीले थाहानगरको समग्र शैक्षिक विकासमा आफू डटेर लागि पर्ने बताए । उनले पालुङ्ग क्याम्पसलाई नगरको शैक्षिक केन्द्र बनाउन नगरपालिका लागि पर्ने बताए।

यसैगरी कार्यक्रममा सहभागी अविभावकहरुले शैक्षिक विकासका लागि थाहा नगरको ध्यानाकर्षण गर्दै, उच्च शिक्षाको लागि नगरलाई शैक्षिक गन्तब्यको रुपमा विकास गर्न नगरपालिकाले बिशेष नीति बनाई शिक्षा, स्वास्थ, पर्यटनको नारालाई सार्थक बनाउन आग्रह गर्दै शुभकामना ब्यक्त गरे ।

क्याम्पस संचालक समितिका उपाध्यक्ष श्यामभक्त श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई स्वागत तथा सम्मानित गरिएको थियो ।कार्यक्रममा क्याम्पस, संचालक समितिका कोषाध्यक्ष बिमल कुमार ढकाल, सदस्य सुरेन्द्रमान प्रधान, बिमलकुमार बिष्ट, सुदर्शन कार्की, रामशरण थापा, नवनिर्वाचित जनप्रतिनिधि, क्याम्पस प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। क्याम्पस पालुङ बहुमुखी क्याम्पस मकवानपुरको उत्तरी भेगमा पर्ने एक मात्र बहुमुखी क्याम्पस हो ।