हेटौंडा – मकवानपुर महिला समूहले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय कबिता प्रतियोगितामा राष्ट्रिय मावि सुनाचुरीकी छात्रा सुष्मा प्रजाको कबिता उत्कृष्ठ ठहरिएको छ ।
मकवानपुर महिला समूहले मनहरी गाउँपालिका कार्यालयको समन्वयमा पशुपतिनाथ माविमा आयोजना गरेको प्रतियोगितामा मनहरी गाउँपालिकाभित्रका माध्मिक विद्यालयका छात्रछात्रा सहभागी प्रतियोगितामा भोजसिद्ध माविकी छात्रा कृषा लो द्वितीय भइन् । महेन्द्रकिरण माविकी रोसिका कार्की तृतीय र भोजसिद्धकी रबिना खड्का सान्त्वना भएका थिए । प्रतियोगिताका बिजेताहरुलाई मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी, मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापाले नगदसिहत शैक्षिक सामग्री पुरस्कृत गरेका थिए ।
लै·िक हिंसाबिरुद्धको १६ दिने अभियानअन्तरर्गत आयोजना गरिएको विद्यालयस्तरीय कबिता प्रतियोगिता पशुपतिनाथ मावि ब्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको अध्यक्षतामा भएको थियो । मनहरी गाउँपालिका शिक्षा प्रमुख प्रदीप पराजुली, स्रोतशिक्षक बिदुर थापा, माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कबिता प्रतियोगितासँगै मकवानपुर महिला समूहले लै·िकहिंसाबिरुद्धको हस्ताक्षर संकलन तथा गीतिनाटक प्रदर्शन गरिएको थियो ।