प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भिमफेदी ५ मा एमालेको प्यानलै निर्वाचित

२०७९ जेठ १, आईतबार ०५:१२ बजे

हेटौैंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं ५ मा वडाअध्यक्षमा नेकपा एमालेको उम्मेदवार जाहार सिं लामा विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका प्रदिप बहादुर वाइबालाई पराजित गरेका हुन् ।

त्यस्तै वडासदस्यहरुमा पनि नेकपा एमालेकै उम्मेदवारहरु विजयी भएका छन् । विजयी हुनेमा महिलातर्फ रिता कुमारी मगर, दलित महिलामा सुमित्रा वि.क., खुल्लातर्फ लाल बहादुर स्याङतान र बद्रि बहादुर पौडेल रहेका छन् ।