हेटौंडा – नेपाल घर बहाल उपभोक्ता संघले घरबाहल करको दर २ प्रतिशत कायम गर्न माग आग्रह गरेको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै संघद्वारा घरबाहल कर घटाउन आग्रह गरेको हो।
हेटौंडा उपमहानगरपालिकाले हाल घर भाडाको दश प्रतिशत कर संकलन गर्दै आइरहेको छ । हेटौंडा बजार क्षेत्रमा घरभाडा र करको विषयमा विवाद रहेको र हिले घर बहाल कर ९९ प्रतिशत बहालमा बस्नेले तिरिरहेको संघ मकवानपुर अध्यक्ष समिरलाल डंगोलले बताए । उनले यस करप्रणालीबाट व्यवसायी पीडित भएको बताउँदै यसलाई सुधार गर्न जरुरी रहेको बताए। तिर्नु पर्ने कर २ प्रतिशत बनाईएमा दोहोरो सम्झौताको पनि अन्त्य हुने उनको भनाई छ ।
आर्थिक मन्दी रहेको अवस्थामा समेत घरधनीले हेटौंडा बजारमा व्यवसायीक कवलको भाडा वृद्धि गरिरहेकोभन्दै तत्काल रोक्न उनले माग गरेका छन् । ‘अहिलेको अवस्था भनेको व्यवसायीलाई टिकाउने हो । यस्तो अवस्थामा भाडा दर घटाएर सहयोग गर्न हामी सवै घरपेटीमा अनुरोध गर्दछौं ।’, डंगोलले भने । सम्पूर्ण घरधनीहरुमा यथाशक्य घरभाडा कम गरी अविछिन्नरुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार पारिदिन आग्रह गरेका छन् ।