प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बस भिमफेदीमा दुर्घटना

२०८१ आश्विन २३, बुधबार २०:५३ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.४ मा यात्रु वहाक बस दुर्घटना भएको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बस बुधबर साँझ दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस दुर्घटनामा परी २८ जना यात्रु घाइते भएको छ । जसमा ६ जनाको अवस्था गम्भीर रहेको छ भने उनीहरुलाई चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइते सबैको उद्धार गरी उपचारको लागि अस्पताल ल्याईएको बताईएको छ । घटनाको पुरा विवरण आउँन बाँकी छ ।