प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

जिप र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

२०७९ जेठ २५, बुधबार ०६:४० बजे

हेटौंडा – जिप र ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । धादिङ्गको गल्छी गाउँपालिका ७ भल्टारमा गएराती ना ५ च २६८३ नम्बरको जिप र ना ७ ख ९७७७ नम्बरको एकआपसमा ठोक्किँएको थियो ।

मृत्यु हुनेमा जिप चालक दोलखाका अन्दाजी २५ बर्षीय प्रकाश नेपाली र ठेगाना नखुलेका अन्दाजी १८ बर्षीय अनिस बोगटी रहेका छन् । गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा गल्छिस्थित अम्बेभरोसा अस्पतालमा बुधबार बिहान सवाँ ३ बजे मृत्यु भएको प्रहरी चौकी गल्छीले जनाएको छ ।

चितवनबाट काठमाण्डौ आउँदै गरेको जिप ओभरटेक गरेर अगाडी जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ९७७७ नम्बरको ट्रकसंग ठोकिएको थियो । गएराती पौने ३ बज भएको सवारी दुर्घटना लगतै सम्पर्क बिहिन भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।