प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

२०७९ आश्विन २७, बिहीबार ०४:३० बजे

हेटौंडा – मकवानपुरमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

भिमफेदी गाउँपालिका वडा न.६ सुरुङ खोलास्थित भिरबाट लडेर जुरीखेत बस्ने अन्दाजी ३१/३२ वर्षीया समिता राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार बुधबार दिउँसो घरदेखि करिब एक किलोमिटर पर पाखामा घास काट्न गएकी मगर भिरबाट लडेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको उनले बताए ।सांकेतिक तस्बिर