प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा

२०८० भाद्र २६, मंगलबार ०८:४७ बजे

काठमाडौँ – सरकारले स्वर्गीय एमालेका उपाध्यक्ष तथा संविधानसभा सदस्य सुवास नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको आकस्मिक बैठकले नेता नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्दै सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेम्वाङका दुई छोराहरु विदेशमा रहेकाले उनीहरु आएपछि अन्तिम संस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।अहिले उनको पार्थिव शरीरप्रति श्रद्धाञ्जलीको लागि राखिएको छ ।