हेटौंडा – बागमती प्रदेशको एक मात्र हेटौंडा उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन भएको छ । मतदानको क्रममा कुनै अप्रिय घटना नभएको र तनावपूर्ण अवस्था नआएको निर्वाचन अधिकृत कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले बताए ।
हेटौंडा उपमहानगरमा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको सहायक निर्वाचन अधिकृत शर्माले बताए । हेटौंडाका ९ वटै वडाहरुबाट मतपेटीका संकलनको काम भइहरको उनले बताए ।
सहायक अधिकृत शर्मा मतगणनाको भोली विहानबाट सुरु गरिने बताएपनि विभिन्न राजनीतिक दलहरुले आजै रातीबाट मतगणना सुरु गरिने बताएका छन् । ‘कुनै वडामा ६५ प्रतिशत भन्दा बढी र कुनैमा कम खसेको छ,’उनले भने, ‘यो अनुमानित हो, आधिकारीक भने आउँन बाँकी छ ।’