हेटौंडा – मकवानपुरका दुई युवक अवैध लागूऔषध गाँजा पक्राउ परेका छन् । महोत्तरी सम्सी गाउँपालिका–५ देवीस्थानबाट अवैध लागूऔषध गाँजा करिब २ सय ९० केजीसहित बिहीबार साँझ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–७ बस्ने २५ वर्षीय लिला बहादुर थिङ र हेटौंडा उपमहानगरपालिका–१३ बस्ने राजेश घलान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले सम्सीबाट जलेश्वरतर्फ जाँदै गरेको ना।०५ ख ९७११ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक सिटको पछाडि लुकाई राखेको अवस्थामा उक्त गाँजा फेलापछि चालक लिला र सहचालक राजेशलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।