प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

२०८० मंसिर २, शनिबार ०९:१४ बजे

कैलाली – कैलालीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० नम्बरको ट्रकले ठक्कर दिँदा डोटी शिखर नगरपालिका–२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन् ।