प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घरको छतबाट लडेर श्रेष्ठको मृत्यु

२०७९ आश्विन २२, शनिबार ०९:१० बजे

चितवन – घरको छतबाट लडेर पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैंडाकोटका ३५ वर्षीय शंकर श्रेष्ठ छन्।

कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका– ९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परेका हुन्।

उनको टाउकामा चोट देखिएको उनले जानकारी दिए। टाउकामा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको प्रनाउ रेग्मीले बताए।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।