हेटौंडा – बागमती प्रदेशका मकवानपुर सहित ६ जिल्लामा बर्डफ्लु रोग फैलिएको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले छ । मन्त्रालयले हेटौंडामा पत्रकार सम्मेलनमार्फत मकवानपुरसहि काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र सिन्धुपाल्चोकमा बर्डफ्लु फैलिएको जनाएको हो ।
बर्डफ्लु देखिएका स्थानमा पन्छीको नष्ट गरिएको बताउँदै मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले मापदण्ड र नीति अनुसार कृषकहरुलाई राहत स्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको बताए । उनले बर्डफ्लु रोग फैलिएकाले यसबाट सचेत हुन समेत आग्रह गरे । प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन र नियन्त्रणको लागि नमूना संकलन, परिक्षण र निगरानी कार्यहरु बढाइएको जनाएको छ ।
प्रदेशको मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीहरुलाई बिदा नबस्न र जिल्ला नछाड्न पत्रचार गरेको छ । सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्दबाट ¥यापिड टेस्ट किटबाट परिक्षणको व्यवस्था मिलाइएको छ ।
त्यस्तै पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा कडाइएको गरिएको छ । प्रहरीसंगको समन्वयमा पन्छीपालक व्यवसायीले पन्छी ढुवानीको लागि भेटेरिनरी स्वास्थ्य कार्डमा कडाई गर्ने र ¥यापिड टेष्ट रिपोर्ट अनिवार्य गर्ने सम्बन्धमा छलफल गरिरहेको मन्त्रालयले जनाएको छ । बर्डफ्लु रोग लागेका ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।