प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर १ मा डिना २२ सय बढी मतले अघि, कसले कति मत पाए ?

२०७९ मंसिर ६, मंगलबार १३:०९ बजे

हेटौंडा – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय(डिना) ले २२ सय भन्दाबढी मतले अग्रता लिएकी छन् ।

जिल्लाको निर्वाचन अधिकृत कार्यालयका अनुसार १९ हजार १९४ मत गणना गर्दा डिना २ हजार २९५ मतले अघि छन् । उनले ८ हजार १६० मत प्राप्त गरेकी छन् ।

उता नेकपा एमालेतर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाले ५ हजार ८६५ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार दिप बहादुर सिंहले ३ हजार १२७ मतसहित तेस्रो स्थान छन् ।