प्रहर खबर
 २०८१ बैशाख १९, बुधबार    

हेटौंडा–२ बाट एक पुरुष घाइते अवस्थामा उद्धार

२०८० कार्तिक १३, सोमबार ०८:३१ बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.२ उद्योग वाणिज्य संघ अगाडीबाट आइतबार राति घाइते अवस्थामा एक जनाको उद्धार गरेको छ ।

पहिचान नखुलेको अन्दाजी ४०/४५ बर्षीय पुरुष सडक मानवको शरिरको विभिन्न भागमा चोटपटक लागेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार ती पुरुषको टाउको र आखाँमा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा पठार्ईएकोमा उपचार सम्भाव नभएपछि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनी हेटौंडा बजारको सडकमा रहेको प्यास्टिक जन्य सामाग्री टिपेर जिविको पार्जन गर्दै आईएका थिए ।