हेटौंडा – दशैंको रौनकको बेलामा मकवानपुरमा दुई युवकले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाको मनहरी गाउँपालिकाका दुई युवकले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
मनहरी गाउँपालिका वडा नं. ७ प्रतापपुर बस्ने २४ बर्षीय कुमार श्रेष्ठ सोमबार राति ११ बजे आफु सुत्ने कोठाको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मनहरी गाउँपालिका वडा नं. ९ प्रणामी टोल बस्ने २० बर्षीय पुजन गिरी दशैंको टिकाको दिन विहान साँढे ८ बजे आफ्नै घरको सिलिङ फ्यानमा तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।